Skip to main content

अध्ययनको भिसा लागि आवेदन

अध्ययन भिसाको आवेदनको लागि निम्न कागजातहरू आवश्यक छ

1.  विद्यार्थी संग सम्बन्धित कागजातहरू

आवश्यक कागजातहरूध्यान दिनुपर्ने कुराहरु
Bio data◇ एकेडेमि द्वारा निर्धारित फारम प्रयोग गर्नुहोस्। कालो बल प्वाइन्ट पेन प्रयोग गर्नुहोस्। कम्प्युटर बाट टाइप सम्भव छ।(■Bio data EXCEL
विदेशमा अध्ययन गर्ने कारण◇ एकेडेमि द्वारा निर्धारित फारम प्रयोग गर्नुहोस्। आवेदक आफैले लेख्नु पर्नेछ। जापानमा अध्ययनको उद्देश्य・स्नातक पछिको उद्देश्य पुरा लेख्नुहोस्। (■विदेशमा अध्ययन गर्ने कारणWord
स्नातक प्रमाणपत्र वा अपेक्षित स्नातक प्रमाणपत्र◇ अन्तिम शैक्षिक पृष्ठभूमिको स्नातक प्रमाणपत्र पेश गर्नुहोस्। * अध्ययनरत विद्यार्थीले सम्भावित स्नातक प्रमाणपत्र र अघिल्लो स्नातकको प्रमाण पत्र प्रस्तुत गर्नुपर्नेछ। अध्ययनरत् विद्यार्थीले नामांकनको एक प्रमाणपत्र पनि संगै पेश गर्नु पर्नेछ।
ट्रान्सक्रिप्ट◇ अन्तिम शैक्षिक पृष्ठभूमिको ट्रान्सक्रिप्ट पेश गर्नु पर्नेछ। अध्ययनरत् विद्यार्थीले हालको ट्रान्सक्रिप्ट र अघिल्लो शैक्षिक पृष्ठभूमिको ट्रान्सक्रिप्ट पनि संगै पेश गर्नु पर्नेछ।
जापानी भाषा शिक्षा इतिहास, क्षमताको प्रमाण पत्र◇ जापानी भाषा प्रवीणता परीक्षण N5 वा उच्चको प्रमाणपत्र・J-TEST E~F या उच्चको प्रमाणपत्र・NAT–TEST 5 या उच्चको प्रमाणपत्र पेश गर्नुहोस्। ◇ माथिल्लो परीक्षणको प्रमाणपत्र प्राप्त गर्नुभएन भने 150 घण्टा वा बढीको जापानी भाषा सिकेको प्रमाणपत्र पेश गर्नुहोस्। * हाल, जापानी भाषा परीक्षाको उतिर्णमा जोड दिइएको छ। त्यसैले, जापानी भाषाको परीक्षा दिनुहोला।
※रोजगार (छोडेको) प्रमाणपत्र◇ काम गरेको (छोडेको) कम्पनीबाट प्रकाशित । ※रोजगार पृष्ठभूमि भएका व्यक्तिहरु।
पारिवारिक दर्ताको प्रतिलिपि◇ आवेदकको जन्मस्थान साबित हुने पत्र। परिवारका सम्पूर्ण सदस्यहरूको।
पासपोर्टको प्रतिलिपिपासपोर्ट धारक मात्र
फोटो◇ 4 वटा (30mm× 40mm) आवेदन गर्नु अघि 6 महिना भित्र खिचिएको, शरीरको  माथिल्लो अगाडि भागको बिना टोपी र बिना पृष्ठभूमि भएको। पछाडि तपाईंको नाम, जन्म मिति र राष्ट्रीयता भर्नुहोस्।

2.व्यय भुक्तानी गर्ने द्वारा तयार गरिनुपर्ने कागजातहरू

आवश्यक कागजातहरूध्यान दिनुपर्ने कुराहरु
1.लिखित करार नामा◇निर्धारित फारम, हस्तलेखन, छाप वा साइन।
2.व्यय भुक्तानी विवरणआप्रवास कार्यालयले द्वारा निर्धारित फाराममा व्यय भुक्तानी गर्ने आफैले भर्नु पर्नेछ।(■EXCEL版
3.जम्मा रकमको प्रमाणपत्रजापानी 3 मिलियन येन बराबर वा विदेशी मुद्राले जारी गर्नु पर्नेछ। व्यय भुक्तानी गर्ने व्यक्तिको नाममा हुनु पर्नेछ।
4.व्यय भुक्तानी गर्नेको आर्थिक क्षमताको प्रमाणपत्र◇बैंक जम्मा गरेको प्रमाण ◇ बैंकबुकको एक प्रतिलिपि
5.व्यय भुक्तानी गर्नेको पारिवारिक रचना प्रमाणित गर्ने कागजात◇व्यय भुक्तानी गर्नेको सम्पूर्ण परिवारको परिवार रेजिस्ट्रीको फोटोकपी (व्यय भुक्तानी गर्ने विदेशी भए)। ◇व्यय भुक्तानी गर्नेको सम्पूर्ण परिवारको निवास प्रमाणपत्र (व्यय भुक्तानी गर्ने जापानी भए)।

※ध्यान दिनुहोस्
यहाँ वर्णन गरिएका दस्तावेज मात्र दिशानिर्देशहरू हुन्। अन्य विवरणहरूको लागि, कृपया हाम्रो विद्यालयलाई सम्पर्क गर्नुहोस्।
आवेदकको राष्ट्रीयता र व्यक्तिगत सर्तहरूको आधारमा सरल कागजातहरूले आवेदन दिन सकिने या थप अरु कागजात आवश्यक हुन सक्छ।