Skip to main content

स्मरणीय दिन

मिति 2022/08/09 को दिन विद्यार्थीहरुले केही रकम पुरस्कार स्वरुप पाउँदाको समयमा हरेकको मुखमा झुल्किएको हर्षोल्लास तपाइको दृष्टिबाट पनि बन्चित नभएकै हो। मलाई यो पत्र लेख्ने इच्छा त्यही दिन देखि नै थियो तर समयको अभावका कारणले गर्दा लेख्न भ्याइन। आज अलि समय मिलाएर लेख्ने प्रयास गरेको छु।

हरेक वर्ष झै तपाइँले हामीलाई यस वर्ष पनि पुरस्कार प्रदान गर्नुभयो। त्यसैले म र यस विद्यालयका सम्पुर्ण विद्यार्थीको तर्फबाट तपाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, हामी सबै तपाईंका आभारी छौ र यो पत्र कोर्ने खास कारण पनि धन्यवाद व्यक्त गर्नु नै हो।


अन्त्यमा फेरि पनि हजुर सामु धन्यवाद प्रकट गर्दै अब‌ आउने आगामी दिनहरुमा पनि तपाइ यसरी नै पुरस्कार वितरण गराउनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु। धन्यवाद।


– फिरोज भट्ट