Skip to main content

अविस्मरणीय क्षण

खेलकुद मानव जिवनको लागि फाइदाजनक मानिन्छ। खेलकुदले मानिसलाई शारिरिक , मानसिक र समाजिक रुपमा फुर्तिलो बनाउने गर्दछ।यहि सबैलाई ध्यानमा राख्दै हरेक वर्ष आयोजित गरिने शरद ऋतु एथलेटिक भेट कोरोना महामारीका
कारण हुन सकिएको थिएन तर यति लामो समयको पर्खाइ पछि कोरोना भाइरसलाई हराउँदै यस वर्ष हामीले शरद ऋतु एथलेटिक भेटको नयाँ स्वरुप बनाउन सफल भएका छौ।

भेट अन्तर्गत विभिन्न प्रकारका रमणिय र मनोरञ्जन पुर्ण खेलहरू समाबेश गरिएका थिए। उदाहरणका रूपमा भन्नुपर्दा चम्चा रिले,तिन खुट्टा दौड , हाजिर जवाफ, संगित रोक्नुहोस्,उधारिएको वस्तु प्रतिस्पर्धा,रिले र टग -अफ -वार आदि थिए।कोरोना महामारी संग विजय पछि एउटा नयाँ बन्धनको जन्म भएको पाइन्छ।

विद्यार्थीहरु सबैको आँखामा उत्सुकता र खुसी छाएको थियो इच्छुकले खेलमा भाग लिए भने सबैले एक अर्कालाई प्रोत्साहन दिए।कडा संघर्षका साथ आफ्नो प्रतिस्पर्धा व्यक्त गरे,मिठो मुस्कानका साथ शिक्षक र कर्मचारीहरुलाई न्यानो महसुस गराए। अन्त्यमा विजयी टिम र व्यक्तिलाई आउने दिनको सफलता सुभकामनाका साथ ट्रफी र प्रमाण पत्र द्वारा सम्मानित गरियो।
धन्यवाद
-फिरोज भट्ट