विद्यार्थी छात्रावास
विद्यार्थी छात्रावास विद्यालयबाट लगभग १ किलोमिटरको पैदल दूरीमा, राम्रो वातावरण भएको आवासीय क्षेत्रमा र रेलवे स्टेशन नजिक अवस्थित छ। सबै छात्रावासमा एयर कन्डिसनिङ प्रणाली सुसज्जित छ, स्नानगृह र शावर स्वतन्त्र रूपमा प्रयोग गर्न सकिन्छ, आरामदायक र स्वच्छ वातावरण प्रदान गरिएको छ।
सान्नो डर्मी
(१DK प्रकार)
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
कनायामा E-STORY
(१DK प्रकार)
![]() | |
सान्नो रियो
(२DK प्रकार)
![]() | ![]() |
![]() | ![]() |
छात्रावासअनुसार कोठाको शुल्क फरक हुन्छ। शुल्कको अनुमान निम्नानुसार छ।
प्रति व्यक्ति लगभग १५,०००~३०,००० येन/महिना (एक कोठामा ४~२ जना, उपयोगिता शुल्क अलग्गै)
※ छात्रावासमा प्रवेश गर्नु अघि १ वर्षको शिक्षण शुल्क र १२०,०००येन छात्रावास शुल्क र धरौटी एकमुष्ट भुक्तान गर्नुहोस्।
त्यस १२०,०००येनको विवरण:
धरौटी ५०,०००येन, ओछ्यान शुल्क (लगभग ६,०००येन) र छात्रावास शुल्क।
※ कोठा, सामान आदिमा कुनै क्षति नभई मूल अवस्थामा फिर्ता गरेमा, चाबी बदल्ने शुल्क कटाएर धरौटी फिर्ता गरिनेछ।
छात्रावासमा बस्न चाहनेहरूले खाली कोठाको स्थिति हाम्रो विद्यालयमा सोध्नुहोस्।
| ※ ध्यान दिनुहोस् | १. छात्रावास आवेदन पत्र पेस गरेपछि रद्द गर्ने भएमा ५०,०००येन धरौटी रद्दीकरण शुल्क हुनेछ र फिर्ता गरिँदैन। २. छात्रावास छोड्दा सफाइ शुल्क, मर्मत खर्च, चाबी बदल्ने शुल्क, अनु बिजुली/ग्यास/पानी बिल धरौटीबाट काटिनेछ। ३. ग्यास, बिजुली र इन्टरनेट वास्तविक खर्चमा भुक्तान गरिन्छ। |
| छात्रावास प्रवेश स्वागत: विद्यालयको छात्रावासमा प्रवेश गर्ने विद्यार्थीहरूलाई चुबु सेन्ट्रेयर अन्तर्राष्ट्रिय विमानस्थलसम्म लिन जाई छात्रावासमा पुर्याइनेछ। |










